कोरोनाबारे भ्रम फैलाउने पक्राउ 

काठमाडौँ। कोरोना भाइरसबारे अफवाह फैलाउने कार्यमा संलग्न एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २१ वर्षीय विवेक थापा मगर छन्। उनलाई साइबर ब्युरोको टोलीले पक्राउ गरेको जनाइएको छ।

विवेकले नर्भिक इन्टरनेशनले हस्पिटलमा अस्पतालमा ८ जना कोरोना भाइरसबाट सङ्क्रमित फेला परेको सूचना एकजना चिकित्सकले बताएको क्लिप ‘भाइरल’ भएको थियो। उनले नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट सङ्क्रमित केहीको मृत्यु भएको भ्रम फैलाएका थिए।

आजै नर्भिक हस्पिटलले समेत भ्रम फैलाउने व्यक्तिमाथि कारवाहीको माग गरेको थियो।