काठमाडौंको जनसंख्या घट्दै, बसपार्कमा यात्रुको संख्या बढ्दै

काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमण नभेटिएपनि मानिसहरुले सुरक्षा सर्तकता अपनाँउदै अत्यन्तै व्यस्त रहने काठमाडौं शहर राजीखुसीले छाडेका छन्। कोरोना संक्रमणको सम्भावित संक्रमणलाई निष्तेज पार्न शैक्षिकसंस्था बन्द गरिएसंगै उपत्यका छाड्नेहरुको ठूलै लर्को देखियो।

पछिल्लो केही दिन यता राजधानीको जनसंख्या घट्दै गएबाट पनि यस कूराको पुष्टि भएको देखिन्छ। अत्यन्तै जाम हुने शहरका मुख्यस्थानहरुमा सवारीको चाप एकदमै कम भएको छ।

शनिबार पुरानो बसपार्क भएर काठमाडौं आसपासका गन्तव्य जानेहरुको ठूलो संख्या अनि गोगंबुमा रहेको नयाँ बसपार्क भएर लामा दूरीमा जान चाहानेहरुको भिडले वास्तवमै काठमाडौंको जनसंख्या घटाएको छ।

शहरका पछिल्ला दुश्यहरुले मान्छेहरुमा जागेको स्वास्थ्य सचेतनाप्रति खुसी हुने ठाँउ त छँदैछ अर्कोतिर सरकारले जारी गरेको निर्देशिकालाई सर्वसाधारणले पालना गर्दै शहर छोडेर गृहजिल्ला जानु सुखद पक्ष हो।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीद्वारा संसदको चालु अधिवेशन अन्त्य