हेलिकप्टरबाट किटनाशक औषधि छर्कने भन्ने सुचना गलत-प्रवक्ता पाण्डे “नेपाली सेना”

काठमाडौं। सामाजिक सञ्जालमा कोरोना भाइरसको संक्रमण रोक्न हेलिकप्टरबाट किटनाशक औषधि छर्कने भन्ने सुचना गलत भएकोनेपाली सेनाले पुष्टि गरेको छ।  नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सूचना गलत भएको  बताए। ‘यो अफवाह हो। यस्तोको पछाडि नलाग्नुहोला,’ पाण्डेले भने।

त्यस्तै, आज मात्र प्रहरीले कोरोनाबारे सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय साइबर व्यूरोको टोलीले रामेछाप घर भएका २० वर्षीय विवेक थापालाई नियन्त्रणमा लिएको हो।

थापाले सामाजिक सञ्जाल फेसबुकको मेसेन्जरबाट भाइरल भएको उक्त अडियोमा नर्भिक अस्पतालमा ९ जनालाई चेक गर्दा ६ जनालाई कोरोना भाइरस देखिएको उल्लेख छ। अडियोले जबर्जस्ती नेपालमा कोरोना भाइरस फैलिसकेको भन्दै आतंक सिर्जना खोजेको छ। प्रहरीले विपद्को समयमा गलत सुचना र अफहवा फैलाउने व्यक्तिलाई निगरानी राखेको जानकारी दिएको छ।

अन्य सम्बन्धित समाचार:  गृहमन्त्री बादल थापाको राष्ट्रिय सभाको संसद पद गुम्यो