कोरोना भाइरस : इटालीमा एकैदिन ७९३ को मृत्यु

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमण इटालीमा बढ्दो क्रममा रहेको छ। कोरोनाका कारण इटालीमा एकैदिन ७९३ को मृत्यु भएको छ। योसँगै इटालीमा ४ हजार ८२५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वल्डोमिटर्सका अनुसार इटालीमा ५३ हजार ५ सय ७८ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ। जसमा ६ हजार ५५७  जना नयाँ बिरामी रहेका छन्।

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु