काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ।
दिउँसो देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पश्चात देशका केही स्थानहरूमा सामान्य बदली भइ मेघ गर्जन र चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
राती देशको पूर्वी र मध्य भू भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भागमा आंशिक बदली रहनेछ। देशको पूर्वी र मध्य भू भागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।