‘जनता कर्फ्यु’ ले भारत ठप्प, मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौँ। भारतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ३०० नाघेको छ।

शनिबार रातिसम्म ५५ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ३३२ पुगेको हो। पछिल्लो केही दिनमा भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढिरहेको छ।

भारतमा कोरोनाका कारण  ६  जनाले ज्यान गुमाइसकेका छन् भने २३ जना उपचारपछि घर फर्किएका छन्।

आजबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा केन्द्रदेखि लिएर राज्य स्तरका संस्थामा ‘जनता कर्फ्यु’ अर्थात् सबै किसिमका गतिविधिलाई विश्राम दिने कोसिस गरिएको छ।

प्रधानमन्त्री मोदीले भाइरस सङ्क्रमणको बढ्दो अवस्थालाई ध्यानमा राख्दै आइतबार सबै जनालाई घरमै रहन अपिल गरेका थिए।

भारतको बिहार प्रान्तमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको ज्यान गएको छ ।

अन्य सम्बन्धित समाचार:  भारतमा एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित

बिहारको राजधानी सहर पटानाको एक्स अस्पतालमा कतारबाट फर्किएका सैफ अली नाम गरेका ३८ वर्षीय पुरुषको ज्यान गएको हो। दुबै मिर्गौला काम नलाग्ने  भएका उनको शनिबार विहान मृत्यु भएको थियो।  उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो।

यससँगै भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या पनि ६ पुगेको छ। बिहारका दोस्रो संक्रमित पनि अहिले आइसोलेसन वार्डमा छन्। उनी भने स्कटल्याण्डबाट हालै भारत फर्किएका थिए। आइतबारभन्दा पहिला विहारमा कोरोना भाइरसको कुनै संक्रमण पाइएको थिएन । भारतमा शनिबार मात्र यो भाइरसको कारण दुई जनाको ज्यान गएको हो।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट ज्यान गुमाएका सबै मानिसमा मधुमेहको रोग रहेको बताइएको छ।