भाडावाल सरोकार समाज नेपालले अघि सार्यो ७ बुदेँ माग

गणेश ओझा। भाडावाल सरोकार समाज नेपालले कोरोनाबाट सिर्जीत परिस्थितलाई मध्य नजर गर्दै सात बुदेँ माग अघि सारेको छ। राजधानीमा आज पत्रकार सम्मेलन गर्दै समाजले कोरोनाको संक्रमणबाट बच्न सावधानी अपनाउन आग्रह गर्दै कोरोनाको प्रभाव अन्तय नभएसम्मकोलागि घरभाडा मिनाहा, बैंक तथा वित्तिय संस्थाको व्याज मिनाहा, स्कूल तथा कलेजको फ्रि मिनाहा, आपतकालीन अवस्थामा कालोबजारी तथा भ्रष्ट्राचार गर्नेलाई कडा भन्दा कडा कारवार्हीको साथै अत्यावश्यक सेवा सहज र सरल उपलव्ध हुने वातावरणको व्यवस्थ गर्न सरकारसंग माग गरेको छ। साथै समाजले भाडावाल आयोगको गठनका अलवा वैज्ञानिक भाडादर लागू गर्न माग समेत गरेको भाडावाल सरोकार समाज नेपालका अध्यक्ष विष्णुजंग बस्नेतद्वारा हस्ताक्षरीत विज्ञप्तिमा उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  तालाबन्दी नखुल्दा सेवाग्राही मारमा