आवश्यक तयारी नगरे भारतमा कोरोना भाइरसको सुनामी आउन सक्ने

दिल्ली। अबको तीन हप्ताभित्र आवश्यक तयारी नगरे भारतमा कोरोना भाइरसको सुनामी आउन सक्ने एक विशेषज्ञले चेतावनी दिएका छन्। भारत धेरै क्षति व्यहोर्ने अर्को देश बन्ने उनको भनाई छ।

सेन्टर फर डिजिज डायनामिक्सका निर्देशक डा. रामानन लक्ष्मीनारायणले बीबीसी हिन्दी सँग कुरा गर्दै कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने जोखिममा अब भारत रहेको भन्दै तयारी अवस्थामा रहनुपर्ने बताएका छन्।

विश्वका १६८ देशमा देखिएको कोरोनाबाट ३ लाख मानिस संक्रमित छन्। मर्नेको संख्या १३ हजार नाघेको छ। संसारभर तीव्र गतिमा बढिरहेको संक्रमण अब भारततर्फ आउन लागेको डा. रामाननको विश्लेषण छ।

भारतमा संक्रमणको संख्या ३ सय नाघेको छ। ५ जनाको मृत्यु भइसकेको छ। कर्नाटक, दिल्ली, महाराष्ट्र, लखनऊ र पंजाब धेरै प्रभावित छन्। यस्तो बेला डा. रामाननले कोरोना भाइरसको ‘सुनामी’का लागि भारत तयार हुनुपर्ने बताएका हुन्।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीको शपथ आज