बहराइनमा तीन जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण

काठमाडौँ।  बहराइनमा तीन जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण देखिएको छ।

कोरोनाको शंका लागेका छ जना श्रमिकमा गरिएको परीक्षणमा तीन जनामा पोजेटिभ देखिएको नेपाली दूतावासले जनाएको छ।

उनका अनुसार अरु तीन जनामा नेगेटिभ देखिए पनि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ। अहिलेसम्म बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ३१० जनामा कोरोनाको सङक्रमण भएको छ। त्यसमध्ये १२५ जना निको भएका छन् भने १८४ जनाको उपचार भइरहेको छ। एक जनाको ज्यान गइसकेको छ।

अन्य सम्बन्धित समाचार:  माओवादीका प्रदेश प्रमुखले एमालेलाई सघाए