स्थानीयलाई घरबाहिर निस्कन निषेध,गड्डाचौकी सीमानाका बन्द

कञ्चनपुर।  कोरोना भाइरस (कोभिड १९)को सम्भावित खतराबाट जोगिनका लागि कञ्चनपुरमा स्थानीयलाई घरबाहिर निस्कन निषेध गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार आइतबार राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि यो निर्णय लागु हुनेछ जनाएको छ।

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार आज रातिबाट सम्पुर्ण उद्योग धन्दा, कलकारखाना र बजार बन्द हुनेछ। जोखिम न्यूनीकरण गर्न  यो निर्णय गरेको र सबलाई सहयोग गर्न आग्रह गरेका छन्।

यस्तै मंगलबारबाट अर्को निर्णय नभएसम्मका लागि पश्चिमि नाका गड्डाचौकी पूर्ण रुपमा आवतजावतमा रोक लगाइएको छ। अब कोही पनि सो नाकामा यात्रा गर्न नपाउने र सवारीसाधान पनि पूर्ण रुपमा चल्न नपाउने प्रमुख जिल्ला अधिकरी खतिवडाले बताए।

अन्य सम्बन्धित समाचार:  अस्पतालले भर्ना नगरेपछि काेराेना संक्रमितको मृत्यु