हामीले रिफर गरेको हल्ला गलत हो : गण्डक अस्पताल

काठमाडौँ। वीरगन्जस्थित गण्डक मेडिकल कलेजमा उपचार गराइरहेका एक बिरामीमा कोरोना संक्रमण देखिएको भन्ने हल्ला गतल भएको अस्पताल प्रशासनले जनाएको छ।

केही दिनअघि एक बिरामीलाई वीरगन्जको गण्डक मेडिकल कलेजले पटना रिफर गरेको र उनमा कोरोना भाइरस संक्रमण देखिएको भन्दै हल्ला चलेपछि अस्पतालले यस्तो जनाएको हो। ‘त्यस्तो कुनै प्रकारको बिरामी यो अस्तपालमा आएकै छैन, यो गलत हल्ला हो,’ गण्डकी अस्पतालका एक कर्मचारीले भने, ‘हामीले हल्ला चलेको नाम गरेको कुनै पनि व्यक्तिलाई पटना रिफर गरेका छैनौं।’

अन्य सम्बन्धित समाचार:  महामारीमा कालोबजारी! नुन तेल देखि अस्पताल सम्म