न्युयोर्कमा २ जना नेपालीमा कोरोना भाईरस संक्रमण पुष्टि

न्युयोर्क ।चीनबाट फैलिएको कोरोना भाईरस संक्रमणले अमेरिकामा भयावह स्थिति उत्पन्न गरेको छ। संक्रमित ब्यक्तिहरुमध्ये न्युयोर्कमा सबैभन्दा बढि देखिएका छन्। तथ्यांक अनुसार कोरोना संक्रमणमा चीन, इटलीपछि अमेरिका तेश्रो नम्बरमा छ।

पछिल्लो रिपोर्ट अनुसार अमेरिकामा संक्रमण पुष्टि भएका ३२७८३ मध्ये न्युयोर्कमा मात्रै १५१६८ संक्रमित भेटिएका छन्, जसमध्ये ११४ जनाको मृत्यु भईसकेको छ। न्युयोर्कपछि वासिंगटन राज्यमा १९९६ जना र तेश्रोमा न्यु जर्सी राज्यमा १९१४ जनामा यो भाईरस संक्रमण देखिएको छ।

पछिल्लो समाचार अनुसार न्युयोर्कमा २ जना नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ। ती मध्ये एक जना ५० बर्ष र अर्को ४७ बर्षका रहेका ती दुबैको अवस्था गम्भीर रहेको बुझिएको छ।

अन्य सम्बन्धित समाचार:  एकैदिनमा २१४ जना कोरोना संक्रमितको मृत्यु, ९२४७ जनामा कोरोना संक्रमण

संक्रमितमध्ये एक जना उबर ड्राईभर भएको जनाईएको छ।

अहिले न्युयोर्कका सबै सडकहरु सुनसान देखिएका छन्। अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन्।