अमेरिकामा राष्ट्रिय सुरक्षागार्ड परिचालन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार वाशिंगटन, क्यालिफोर्निया र न्यूयोर्कलाई सहयोग पुर्‍याउन राष्ट्रिय सुरक्षागार्ड (नेशनल गार्ड) परिचालन गर्ने निर्णय गरेको जनाएका छन।

नेशनल गार्ड परीचालन गरिएका तिनै राज्य अमेरिकाका सबै भन्दा बढी कोरोना प्रभावित राज्यहरू हुन्।ती राज्यहरूमा आइतवार राती ठूलो प्रकोपको घोषणाको गरिएको छ। ठूलो संख्यामा मास्क, श्वासप्रश्वासकहरू, सुरक्षा सामाग्री र अन्य आवश्यक सामानहरू केही दिनभित्रै आपूर्ति हुने जानकारी गराइएको छ। उनले सरकारलाई प्रत्येक राज्यमा ठूला मेडिकल स्टेशनहरू स्थापना गर्न आदेश दिएको पनि बताएका छन्।

महामारीबाट उम्कन वाशिंगटन, क्यालिफोर्निया र न्यूयोर्क राज्यहरुले संघीय सरकारको सहयोग मागे लगत्तै प्रभावित राज्यहरुको सहयोगको लागि राष्ट्रिय सुरक्षागार्ड परिचालन गरिएको हो।

अन्य सम्बन्धित समाचार:  नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड–थप ९०७० जनामा संक्रमण पुष्टि

राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको बिरूद्ध छिट्टै जीत हाँसिल गर्ने आशा व्यक्त गरेका छन। उक्त सम्बोधनमा राष्ट्रपतिले जेलमा राखिएका बृद्ध अबस्थाका कैदीहरुलाई के गर्ने भन्नेबारे छलफल भैरहेको समेत जानकारी गराए।

अमेरिकी सरकारले अति आपतकालीन अवस्थामा मात्र संघीय नेशनल गार्ड परिचालन गर्ने गरेको छ। अमेरिकाका कयौं राज्यहरुमा लकडाउन गरिएको छ। प्राए सबै व्यापार व्यवसाय बन्द गरिएका छन भने सडक सुनसान छन।