जर्मनीमा २४००० सङ्क्रमित, चान्सलर मर्केल सेल्फ आइसोलेसनमा

काठमाडौँ। शुक्रबार निमोनियाको खोप लगाएका डाक्टरलाई कोभिड-१९ सङ्क्रमण भएको थाहा पाएपछि जर्मनीका चान्सलर एन्जेला मर्केल सेल्फ आइसोलेसनमा रहेकी जर्मन सरकारले जानकारी गराएको छ। जर्मन सरकारले सार्वजनिक तथा सामाजिक भेलालाई दुई व्यक्तिमा सीमित गर्ने नयाँ सामाजिक दूरीको नियम बनाएको लगत्तै मर्केललाई कोरोना सङ्क्रमण भएको खबर आएको हो।

मर्केललाई आउँदा दिनमा नियमित रूपमा परीक्षण गरिने साथै उनी घरबाटै आफ्नो नियमित जिम्मेवारी पूरा गर्ने योजनामा रहेको र जर्मनीको सरकारले  जनाएको छ। जर्मनीमा लगाइएको नयाँ सामाजिक दूरीको प्रतिबन्ध अन्तर्गत रेस्टुरेन्टहरूलाई खुला रहन अनुमति दिइएको छ।

आइतबार सम्म जर्मनीमा झन्डै २४००० मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। भने ९० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। कोभिड-१९ बाट जर्मनीको रक्षा र सहयोगका लागि १६० अरब डलरको सहयोग प्याकेजमा छलफल गर्न सरकारी अधिकारीहरू सोमबार छलफल गर्दै छन्।

अन्य सम्बन्धित समाचार:  माओवादीले सरकारको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा