कोरोना भाइरस : विश्व चलचित्र बजार सङ्कटमा

काठमाडौँ। विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को कारणले अहिले विश्वभरिका चलचित्र क्षेत्रलाई सङ्कटमा पारेको छ। अन्तर्राष्ट्रिय मिडिया र मनोरञ्जनका वरिष्ठ उपाध्यक्ष माइक ब्लोक्समले यो सङ्कटका कारण बक्स अफिसलाई कति क्षति हुनेछ, त्यसको अनुमान लगाउन असम्भव भएको बताएका छन्।

तर थुप्रै मार्केटिङ र रिसर्च कम्पनीहरूले यदि कोरोना भाइरसको कहरले आगामी जुलाईसम्म फिल्म रिलिज हुन नसके यसले फिल्म उद्योगमा कम्तीमा १२ अर्ब डलरको क्षति हुन सक्ने अनुमान गरेका छन्।

डिज्नी, नेटफ्लिक्स, युनिभर्सल स्टुडियो र थुप्रै अन्य स्टुडियोले कोरोना भाइरसका कारण आफ्नो अमेरिकी उत्पादनलाई बन्द गरेका छन्। हलिउडका लागि संसारको दोस्रो सबैभन्दा ठूलो बक्स अफिस बजार भनिने चीनमा ७० हजारभन्दा बढी थिएटर बन्द हुँदा पनि व्यापारमा गहिरो असर परिरहेको जनाइएको छ। 

अन्य सम्बन्धित समाचार:  २५ जना भन्दा बढि मलामी जान नपाइने