स्वास्थ्यमन्त्री ढकालले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गरी नेपालको अवस्था बताउने भएका छन्।

अहिले स्वास्थ्यमन्त्री, चिकित्सकलगायतको बैठक बसिरहेको र मध्याह्न १२ बजे पत्रकार सम्मेलन गरी जानकारी गराउने सचिवालयले जनाएको छ।

सरकारले सोमबारदेखि उच्च सतर्कता अपनाएको छ। उत्तर र दक्षिणतर्फका सबै सीमानाका बन्द गरिएको छ। लामो दूरीका सवारीसाधन चल्न रोक लगाइएको छ। कार्यालयहरूमा सेवाग्राही आउन पनि बन्द गरिएको छ।

स्वास्थ्य मन्त्रालयले थप निर्णय गर्ने र त्यसको जानकारी पत्रकार सम्मेलनमार्फत गर्न लागेको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’भनेपछि पुनः शपथ गराउन माग गर्दै सर्वोच्चमा रीट