कोरोना भाइरस : भारतमा ८ को मृत्यु

काठमाडौँ। कोरोना भाइरसका कारण भारतमा ८ जनाको मृत्यु भएको छ। कोरोना सङ्क्रमितको सङ्ख्या ४२९ पुगेको छ। पछिल्लो २४ घन्टामा थप ५० जना सङ्क्रमित फेला परेका छन्। थप तीन जना बिरामीको मृत्यु भएको छ।

मृत्यु हुने आठौँ बिरामी महाराष्ट्रका हुन्। फिलिपिन्समा रहँदै आएका उनी पछिल्लो समय भारतमा आएका थिए। उनको  सुरुमा कोरोना रिपोर्ट पोजेटिभ देखिए पनि पछि नेगेटिभ देखिएको थियो।

उनको रिर्पोट नेगेटिभ आएपछि मुम्बईको कस्तुरबा अस्पतालले निजी अस्पतालमा रेफर गरेको थियो। मिर्गौलाले काम नगरेको र श्वास लिन समस्या भएको भन्दै आएकी उनी निजी अस्पतालमा पुगेपछि मृत्यु भएका थिए।

दिल्ली, राजस्थान, विहार, पञ्जाव, उत्तराखण्ड, छतित्तसगढ, झारखण्ड, जम्मु कश्मीर, तेलगंना, आन्ध्र प्रदेश, नागालैन्ड, अरुणाचलमा कोरोना भाइरसका कारण ३१ मार्चसम्म लक डाउन रहेको छ। यसबाहेक उत्तर प्रदेशका १६ जिल्ला पनि २५ मार्चसम्म लकडाउन रहेको छ।

अन्य सम्बन्धित समाचार:  भारतमा देखिएको कोरोनाको बी.१.६१७ भेरियन्ट विश्वका ४४ देशमा पुग्यो