फ्रान्सबाट नेपाल आएका एक जनालाई कोरोना संक्रमण, टेकु अस्पतालमा उपचार जारी

काठमाडौं। केही दिनअघिमात्र फ्रान्सबाट आएका एक जना नेपालीमा कोरोना भाइरस संक्रमणका कारण उपचार भईरहेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जनाएका छन्।आज गरिएको पत्रकार सम्मेलनमार्फत मन्त्री ढकालले सो कूरा उल्लेख गरेका हुन्।

ति बिरामीको अहिले टेकु अस्पतालमा उपचार जारी रहेको जनाईएको छ। नेपालमा कोरोना भाइरसको पुष्टि भएको यो दोस्रो केस हो।

चैत ४ गते  फ्रान्सबाट कतार हुँदै आएकी युवतीको रिपोर्ट हिजो पोजिटिभ देखिएको मन्त्री  ढकालले जनाएका छन्।

महिना दिनअघि चीनको वुहानबाट फर्किएका एक नेपालीलाई पनि कोरोना देखिएको थियो। अहिले उनी उपचारपछि निको भएर घर फर्किसकेका छन्।

अन्य सम्बन्धित समाचार:  नेपालगञ्जमा कोरोनाबाट एकैघरका तीन दाजुभाइको मृत्यु