जेलमा रहेका फिल्म निर्माता विनस्टीन कोरोना सङ्क्रमित

काठमाडौँ। बलात्कार र यौन दुर्व्यवहारको मुद्दामा जेल सजाय काटिरहेका हलिउडका फिल्म निर्माता हार्वी विनस्टीन कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमित भएका छन्। विनस्टीनलाई न्यूयोर्कको एल्डेनस्थित कारागार वेन्डे करेक्सनल फेसिलिटीमा आइसोलेसनमा राखिएको छ।

बलात्कार र यौन दुर्व्यवहारको मुद्दामा ६७ वर्षीय हार्वीलाई गएको महीना न्यूयोर्कमा दोषी ठहर गर्दै २३ वर्षको जेल सजाय सुनाइएको थियो।उनलाई राखिएको जेलमा ४० जनामा कोरोना सङ्क्रमण देखिएको थियो। विनस्टीन भने मार्च १८ मा न्युयोर्कको रिकर्स आइसल्यान्ड जेलबाट सारिएको थियो। उनलाई यौन दुर्व्यवहारको मुद्दामा २३ वर्षका लागि जेल सजाय गरिएको थियो।

हलिउड अभिनेत्री एन्जोलिना जोली र पाल्त्रोवलगायत हलिउडसँग जोडिएका करिब ८० भन्दा बढी महिलाले निर्माता विनस्टीन माथि यौन उत्पीडन र बलात्कारको आरोप लगाएका थिए।

अन्य सम्बन्धित समाचार:  आमा तिमीलाई एक दिन— बिमला भुषाल