उपत्यकामा घरबाहिर ननिस्कन प्रहरीको अपील

काठमाडौँ। नेपाल प्रहरीले सर्वसाधारणलाई सकेसम्म घरबाट बाहिर ननिस्कन अपील गरेको छ। कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनगर गर्दै प्रहरीले यस्तो अनुरोध गरेको हो।  

सरकारले आइतबारदेखि अत्यावश्यक बाहेकको सेवा बन्द गरेको तथा आजदेखि नाका भएर यात्रु बाहेक सबारीसाधन भित्रन तथा बाहिरिन समेत नदिने निर्णय गरेसँगै प्रहरीले यस्तो अनुरोध गरेको हो। सँगै सरकारले भारत र चीनसँगको सबै नाका समेत आजैदेखि बन्द गराएको छ।  

यस्तै २५ जना बढी भीडभाड नगर्न, क्लब, फिल्म हल लगायत सञ्चालनमा पनि रोक लगाइएको छ। कार्यालयले ‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थ भित्रै बस्नुहोस्।’ भन्ने नारा नै तय गरेको छ। सरोकारवाला निकायले प्रत्येक सडक चोक, बस्ती तथा टोलमा ‘माइकिङ’ गरी सरसफाइ र कोरोनाको लक्षणका सम्बन्धमा सचेतना फैलाउन समेत थालेका छन्। 

यस्तै सर्वसाधारण नागरिकमा समस्या देखिए आवश्यक सुविधाका लागि महानगरीय प्रहरीले प्रहरी अस्पतालको एम्बुलेन्स र प्रहरी भ्यान प्रयोग गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ। 

अन्य सम्बन्धित समाचार:  आईसीयू कुर्दाकुर्दै ५ जना संक्रमितको मृत्यु