कोलम्बियाको एउटा कारागारमा २३ जनाको मृत्यु

एजेन्सी। कोलम्बियास्थित एउटा कारागारका बन्दीहरूले कोरोनाभाइरस सङ्क्रमण फैलिन सक्ने आशङ्कामा भाग्ने प्रयास गरेपछि २३ जनाको ज्यान गएको बताइएको छ। अन्य ८३ जना कैदीबन्दी घाइते भएका छन्।

कोरोनाभाइरसको त्रासबीच देशभरि कारागारमा रहेका कैदीबन्दीले फितलो स्वास्थ्यसेवाको विरोध गर्दै आइतवार विरोधप्रदर्शन गरेका थिए। सरकारले त्यसबारे अनुसन्धान गरिरहेको छ। भागदौडमा घाइते भएका ३२ बन्दी र सात सुरक्षाकर्मीलाई उपचारका लागि अस्पताल लगिएको छ। दुई सुरक्षाकर्मीको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोनाबाट थप १२ जनाको मृत्यु