सबैखाले यातायातमा रोक लगाउन यातायात व्यवसायीको माग

काठमाडौँ। कोरोनाको त्रासका कारण यातायात व्यवसायीले सबै खाले यातायात सेवा सञ्चालनमा रोक लगाउन पर्ने माग गरेका छन्।

लामो दूरीमा सवारी सञ्चालनमा रोक लगाएर मात्र कोरोना भाइरसको सङ्क्रमणबाट बच्न मुस्किल हुने भन्दै नेपाल यातायात व्यवसायी महासङ्घका महासचिव सरोज सिटौलाले वायु सेवा पनि रोक्नु पर्ने माग गरेका छन्।

सिटौलाले एउटै जहाजमा ५०–६० जना यात्रा गर्दा सङ्क्रमण फैलिन सक्ने भन्दै सबै प्रकारका यातायात सेवा बन्द गराउन मन्त्रालयमा अपिल गरिसकेको बताए।

अन्य सम्बन्धित समाचार:  खोलामा पुरुषको शव भेटियो