विश्वप्रकाश शर्माको सन्देशमूलक गीतः आउ माया गरौं (भिडियोसहित)

काठमाडौँ। गीतकारको रुपमा समेत चर्चा कमाएका विश्वप्रकाश शर्माले नयाँ गीत सार्वजनिक गरेका छन्।  शर्माले रचना गरेको ‘आऊ माया गरौं, मान्छेले मान्छेलाई’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो। गीतमा गायक प्रमोद खरेल र गायिका शीतल मोक्तानले स्वर दिएका छन्।

कोरोना भाइरस सम्बन्धी जनचेतना मूलक रहेको यस गीतले विपतको बेला आपसी सद्भाव र सहकार्य गर्न प्रेरित गर्ने सन्देश प्रवाह गरेको छ। नयाँ पुस्तामा आशा र उत्प्रेरणा प्राप्त हुने शब्दहरू समेत गीतमा समेटिएको छ।

 

अन्य सम्बन्धित समाचार:  सेती प्रादेशिक अस्पतालमा कोरोनाबाट थप ६ जनाको मृत्यु