पश्चिम बङ्गालमा कोरोनाको कारण एक जनाको मृत्यु,भारतमा मृत्यु हुनेको संख्या ९

कोलकता। भारत पश्चिम बङ्गालमा कोरोना भाइरसको कारण पहिलो मृत्यु भएको छ। आज दिउँसो ५५ वर्षिय एक व्यक्तिको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको हो।

उनी कोलकोता सल्टलेक स्थित आम्री अस्पतालमा भर्ना भएका थिए। उनको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। उनको मृत्युसँगै भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेहरूको संख्या ९ पुगेको छ।

कोरोना सङ्क्रमित व्यक्तिको अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार चलिरहेको थियो। प्राप्त जानकारी अनुसार गत १३ मार्चका दिन ति व्यक्तिलाई सर्दी अनि ज्वरोको लक्षण देखा परेको थियो। उनलाई १६ मार्चका दिन श्वास प्रश्वासमा असुविधा भएको कारण आम्री अस्पतालमा भर्ना गरिएको थियो।

यसैक्रममा १९ मार्चका दिन उनलाई कोरोना सङ्क्रमित भएको पुष्टि भएको थियो। बेलियाघाट नाइसेडमा उनको रगतको नमुना लिएर जाँच गरिएको थिया।

अन्य सम्बन्धित समाचार:  बेलझुण्डि कोरोना अस्पतालमा अक्सिजन सकियो, नयाँ विरामी भर्ना नगर्ने

जुन जाँचमा उनी कोरोना सङ्क्रमित भएको पुष्टि भएको हो। त्यसपछि उनलाई विशेष आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो भने स्वास्थ्य खराब भएपछि भेन्टिलेटरमा राखिएको थियो। जहाँ आज उनको मृत्यु भएको हो।

कोरोना भाइरसकै कारण राज्यमा पहिलो मृत्यु भएपछि राज्यको स्वास्थ्य विभागमा चिन्ता बढेको छ। यता मुख्यमन्त्री ममता ब्यानर्जीले प्रशासनलाई सतर्कता कठोरसँग अपनाउनुपर्ने निर्देशन दिएकी छन्।