राति १० बजेदेखि बनेपा नगरपालिका क्षेत्रमा पूर्ण लकडाउन

बनेपा। कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन भन्दै सोमबार राति १० बजेदेखि लागू हुनेगरि बनेपा नगरपालिकाले नगर क्षेत्रमा पूर्ण रुपमा ’लकडाउन’ गर्ने निर्णय भएको छ।  सोमबार बसेको नगरपालिकाको सर्वपक्षीय बैठकले लक डाउन गर्ने निर्णय गरिएको नगर प्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठले विज्ञप्ति जारी गर्दै जनाए।

उनले लक डाउनका समयमा अत्यावश्यक अवस्थामा बाहेक नगरवासीहरुलाई घरबाहिर ननिस्कन आग्रह गरेका छन्।
कसैमा कोरोना भाइरसको संक्रमण देखिएमा, विदेशबाट आएका अपरिचित व्यक्ति देखिएमा वडा कार्यालय र नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न श्रेष्ठले आग्रह गरेका छन्।

मंगलवार नगरभित्र खाद्यान्न, फलफूल, औषधी पसलबाहेक अन्य पसल, उद्योग कलकारखाना बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्दराज पोखरेलले बताए।

अन्य सम्बन्धित समाचार:  लुम्बिनी प्रदेशमा १४ काेराेना संक्रमितको मृत्यु

यस्तै, लकडाउनको समयमा अरनिको राजमार्ग बाहेक नगर क्षेत्रका कुनै पनि स्थानमा निजी तथा सार्वजनिक सवारीसाधन संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ।