बुद्ध एयरले थन्क्यायो ६ वटा जहाज

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भन्दै निजी वायु सेवा कम्पनी बुद्ध एयरले आफ्ना १३ जहाजमध्ये ६ वटा जहाज थन्क्याएको छ। कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वभर फैलिएसँगै नेपाल सरकारले सतर्कता अपनाउन गरेको आग्रहलाई आत्मसाथ गर्दै ती जहाज रोकिएको बुद्धले जनाएको छ।

यात्रुहरूको सुविधालाई हाल केही जहाज चलाए पनि अब तिनलाई पनि चाँडै रोक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।  छिमेकी राष्ट्र भारतले ‘जनता कर्फयू’ उपाय अवलम्बन गरिसकेको अवस्थामा नेपालले पनि विशेष सतर्कता अपनाएकाले उडान कम गर्ने निर्णयमा पुगेको कम्पनीले बताएको छ।

त्यस्तै एयरलाइन्सले कर्मचारीलाई आलोपालो गरेर काममा फर्कने व्यवस्था मिलाएर केही कर्मचारीलाई तलबी बिदा दिएको पनि जनाएको छ। विशेषज्ञहरुले काठमाडौंमा इटाली वा अमेरिका जस्तो कहर आयो भने लाखौं जनसङ्ख्या प्रभावित हुने र हजारौङ्को ज्यान जोखिममा पर्न सक्ने अनुमान गरिरहेका छन्।

अन्य सम्बन्धित समाचार:  उपचाररत २ कोरोना संक्रमितको मृत्यु