भोलिदेखि नेपाल लकडाउन, घरबाहिर निस्कन नपाइने 

काठमाडौँ। सरकारले भोलि मङ्गलबारबाट सर्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ। कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो।

कोरोना सम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मङ्गलबार बिहान ६ बजेबाट एक सातासम्म सर्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ।

खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन।

अन्य सम्बन्धित समाचार:  सिंहदरबारमा सीसीएमसी बैठक जारी