कोरोना सङ्क्रमित युवतीको अवस्था सामान्य

काठमाडौँ। कोरोना सङ्क्रमण देखिएर उपचाररत युवतीको स्वास्थ्य सामान्य रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल जनाएको छ।

अस्पतालले अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ। सात दिनमा  पुन नमुना परीक्षण गर्दा कोरोना नेगेटिभ देखिए, डिस्चार्ज गर्ने र सात दिनमा पनि कोरोना पोजेटिभ देखिए, पुन १४ दिन अस्पतालकै आइसोलेसनमा राखेर उपचार हुने बताइएको छ।

फ्रान्सबाट कतार हुँदै गत चैत ४ मा नेपाल आएकी ती नेपाली १९ वर्षीया युवतीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो। उनी होम क्वारेन्टाइनमा बसेकी थिइन्। उनको शुक्रबार नमुना सङ्कलन गरेर टेकु अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो। उनको रिपोर्ट आइतबार बेलुका पोजेटिभ आएको थियो।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट अस्पताल सञ्चालक साहको मृत्यु