अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या ४ सय ६६ पुग्यो

काठमाडौँ। अमेरिकामा कोरोना भाइरसका कारण थप ४७ जनाको मृत्यु भएको छ। सोमबार कोरोना भाइरसबाट सङ्क्रमित मध्ये ४७ जनाको मृत्यु भएको हो। अमेरिकामा ५ हजार ६ सय ६१ नयाँ सङ्क्रमित भेटिएका छन्।

पछिल्लो अपडेटअनुसार अमेरिकामा जम्मा ३९ हजार २ सय ७ जनामा सङ्क्रमण पुष्टि भएको छ। भने ज्यान गुमाउनेको सङ्ख्या ४ सय ६६ पुगेको छ। सङ्क्रमित मध्ये १ सय ८४ जना पूर्ण रूपमा निको भएका छन् भने १ हजार ४० जनाको अवस्था गम्भीर छ।

अन्य सम्बन्धित समाचार:  क्युबाले कोरोनाविरुद्धका दुई खोप विकास गर्दै