सुनसान काठमाडौँ (तस्बिरसहित)

काठमाडौँ। सरकारले मङ्गलबार बिहान ६ बजेदेखि लागू हुने गरी सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। अनुमति प्राप्त र सुरक्षा निकायका बाहेक अन्य सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ।

योसँगै नेपालका ७७ वटै जिल्ला मङ्गलबारदेखि एक हप्ताका लागि पूर्णतया लकडाउन भएको छ। सरकारले मङ्गलबार बिहान ६ बजेदेखि चैत १८ गतेसम्मका लागि यो नियम लागू भएको हो।

सोमबारको उच्चस्तरीय समन्वय समितिको बैठकले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर ननिस्कन नदिने निर्णय गरेको हो। औषधि उपचार, खानेपानीजस्ता अत्यावश्यकबाहेक सबै कार्यालयका कर्मचारीहरूलाई सोमबारदेखि कार्यालय नआउन पनि सरकारले निर्देशन दिएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना सङ्क्रमितको घरमै मेयर

काठमाडौँमा कोरोना भाइरसको सङ्क्रमण भएका बिरामी भेटिएपछि सरकारले मानिसहरको आवतजावतमै प्रतिबन्ध लगाउने निर्णय गरेको हो। निर्णयको पालना भए नभएको अनुगमन गर्न समितिले सिडिओलाई निर्देशन दिएको छ।

त्यो सँगै काठमाडौँ अहिले सुनसान भएको छ। (केही तस्बिरहरू)