भारतका ५४८ जिल्ला लकडाउन, पञ्जाबमा कर्फ्यू

नयाँ दिल्ली। भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ। भारतीय सञ्चारमाध्यम अनुसार भारतभर ५०० कोरोना संक्रमित भेटिएका छन्।

कोरोनाको संक्रमण फैलिएपछि भारतका उत्तरप्रदेश, मध्यप्रदेश, ओडिसालगायत राज्यका ५४८ जिल्ला लकडाउन भएका छन्।

यसैगरी, कोरोना भाइरस संक्रमणको रोकथाम गर्न पञ्जाबमा कर्फ्यू लगाइएको छ। पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले ट्वीट गर्दै सबैको भलाइका लागि राज्यमा कर्फ्यू लगाइएको बताएका छन्।

यस्तै, कर्नाटकका सबै जिल्ला लकडाउन गरिएको छ। मुख्यमन्त्री बीएस येदियुरप्पाले ३१ मार्चसम्म लकडाउन गर्ने निर्णय भएकाले सबै नागरिकहरुलाई घरभित्र बस्न आग्रह गर्दै सहयोगका लागि अपिल गरेका छन्।

बीबीसी हिन्दीका अनुसार हिमाचल प्रदेश र पश्चिम बंगालमा सोमबार थप एक-एक जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट अस्पताल सञ्चालक साहको मृत्यु