विश्वभरि २ लाख ६० हजार बढी कोरोना संक्रमित उपचाररत, सबैभन्दा बढी इटाली

काठमाडौँ। विश्वका बिभिन्न देशका अस्पतालमा २ लाख ६० हजार कोरोना भाइरस संक्रमित उपचाररत रहेको पाइएको छ। यीमध्ये १२ हजार २ सय ३८ संक्रमितको स्थिति गम्भीर रहेको छ। कोरोना संक्रमित उपचाररत बिरामीमध्ये सबैभन्दा बढी इटाली, अमेरिका, स्पेन, जर्मनी, इरान, फ्रान्स र स्वट्जरल्याण्डमा रहेका छन्।

पछिल्लो तथ्याङ्कअनुसार इटालीमा ५० हजार ४ सय १८ जना कोरोना भाइरस संक्रमित अहिले त्यहाँका विभिन्‍न अस्पतालहरुमा उपचाररत छन्। यीमध्ये ३ हजार २ सय ४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

फ्रान्सपछि उपचाररत कोरोनाका विरामीको ठूलो संख्या अमेरिकामा देखिएका छन्। अमेरिकामा अहिले ४२ हजार ६ सय ९७ कोरोना भाइरस संक्रमित अस्पतालमा उपचाररत छन्, जसमध्ये १ हजार ४० जनाको अवस्था गम्भीर रहेको छ।

अन्य सम्बन्धित समाचार:  बहुमतको सरकारका लागि दाबी पेस भएन: राष्ट्रपति कार्यालय

स्पेनमा उपचाररत कोरोना भाइरसका बिरामीको संख्या २९ हजार ४ सय ७० रहेको छ। यीमध्ये २ हजार ३ सय ५५ जनाको अवस्था गम्भीर छ। जर्मनीमा उपचाररत कोरोना भाइरस संक्रमितको संख्या २८ हजार ४ सय ८० छ। यीमध्ये २३ जनाको अवस्था गम्भीर छ।

फ्रान्समा १६ हजार ७ सय ९६ जना कोरोनाका बिरामी त्यहाँका विभिन्‍न अस्पतालमा उपचाररत छन्, जसमध्ये २ हजार ८२ जनाको अवस्था गम्भीर रहेको जनाइको छ । इरानमा १२ हजार ८ सय ६१ जना कोरोनाका बिरामी उपचाररत छन्।

पछिल्लो तथ्याङ्कअनुसार अहिले दक्षिण कोरियामा ५ हजार ६ सय ८४, स्वीट्जरल्याण्डमा ८ हजार ५ सय ४४, बेलायतमा ६ हजार १ सय ८०, नेदरल्याण्ड्समा ४ हजार ५ सय ३४, अष्ट्रियामा ४ हजार ४ सय ४४, बेल्जियममा ३ हजार २ सय ५४, नर्वेमा २ हजार ६ सय ५ र क्यानाडामा १ हजार ७ सय ४७ जना कोरोनाका बिरामीहरु त्यहाँका बिभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन्।