कोरोना भाइरस : भारतमा मर्नेको सङ्ख्या १० पुग्यो

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा पनि तीव्रगतिमा बढिरहेको छ। मङ्गलबार बिहानसम्म भारतमा पाँच सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। त्यहाँका अधिकारीका अनुसार सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ।

कोरोना भाइरसको उपचारपछि ४४ जना भने घर फिर्ता भएका छन्। भारतमा सबैभन्दा बढी महाराष्ट्र र केरेला प्रभावित भएका छन्। महाराष्ट्रमा अहिले सम्म ९७ जना सङ्क्रमित भेटिएका छन् भने केरेलामा ९५ जना सङ्क्रमित भेटिएका छन्।

त्यस्तै आन्ध्र प्रदेशमा ७, विहारमा २, छत्तीसगढमा १, चन्दीगढमा ६, दिल्लीमा २९, गुजरातमा ३०, हरियाणामा २६, हिमाञ्चलमा २, जम्मु काश्मीरमा ४, कर्नाटकमा ३३, लद्दाखमा १३, मध्य प्रदेशमा ६, उडिसामा २, पन्जाबमा २३, राजस्थानमा ३२, तमिलनाडुमा १२, तेलङ्गनामा ३३, उत्तर प्रदेशमा ३३, उत्तराखण्डमा ५, पश्चिम बङ्गालमा ७ जना सङ्क्रमित रहेका छन्।

अन्य सम्बन्धित समाचार:  अक्सिजनको चरम अभाव: बेलझुण्डीमा आठको ज्यान गयो

कोरोना भाइरस फैलिन नदिन भारतमा जनता कर्फ्यु लगाइएको छ। जसका कारण भारतमा यातायात पूर्णरुपमा प्रभावित बनेको छ।