कोरोना सम्बन्धी नयाँ खुलासा: शरीरमा यति महिनासम्म रहनसक्छ भाइरस

काठमाडौं ।  कोरोना भाइरस सम्बन्धी दैनिक जसो नयाँ खुलासाहरू भइरहेका छन्। यो घातक भाइरस आफ्नो रूप मात्र परिवर्तन गरिरहेको छैन यसवीच धेरै नयाँ खुलासा पनि भइरहेका छन्। अमेरिकी वैज्ञानिकहरूले पत्ता लगाए अनुसार भाइरस करिब डेढ महिनासम्म बाँच्न सक्छ। अहिले सम्म संसार भरिका चिकित्सकहरु यो भाइरस १०-१५ दिनका लागि मात्र बाँच्न सक्छ भनेर विश्वास गरिरहेका थिए।

बेलायतको सबैभन्दा प्रतिष्ठित मेडिकल पत्रिका, “लैंसेट“मा प्रकाशित एक अनुसन्धानका अनुसार कोरोना भाइरस ३९ दिनसम्म जीवित रहन सक्छ। सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्स “सीडीसीपी”ले दाबी गरे अनुसार कोरोना भाइरस केहि दिनको लागि सामान्य व्यक्तिको शरीरमा रहन्छ। तर यदि घातक रूप लिन्छ भने, यो विरामीको शरीरमा ३९ दिन सम्म पनि रहन सक्छ ।

अन्य सम्बन्धित समाचार:  भारतमा एकैदिन चार लाख १२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि

चीनमा कोरोना भाइरसबाट संक्रमित र मरेकाहरूको रेकर्डको आधारमा यस रिपोर्टले भनेको छ कि यदि तिनीहरूमा घातक रुप लिन पुग्यो भने कुनै पनि एन्टिभाइरस औषधिले यसमाथि असर गर्न सक्दैन।

वैज्ञानिकहरुको भनाइ अनुसार कम्तीमा २० दिन सम्म त भाइरस विरामीको शरिरमा रहने नै गर्दछ। अहिले कोरोनाका शंकास्पद विरामीलाई १४ दिन सम्म अलग रहन निर्देशन दिइएको छ। वैज्ञानिकहरुको नयाँ खुलासा अनुसार मानिसहरुलाई अझै धेरै दिन घरमै बस्ने दिन बढाउन सक्छ, यद्यपि अहिलेसम्म कसैलाई त्यो भन्दा धेरै दिन सम्म घरमै अथवा एक्लै बस्न सिफारिस गरिसकेको भने छैन्।