असोज ५ मा प्रदर्शन हुँदै ‘बाँध मायाले’

काठमाडौँ। अभिनेता आर्यन अधिकारी र पूर्व मिस नेपाल श्रृष्टि श्रेष्ठ को मुख्य अभिनय रहेको नेपाली कथानक चलचित्र  ‘बाँध मायाले’ को रिलिज मिति घोषणा भएको छ।

सविर श्रेष्ठको लेखन तथा निर्देशन रहेको यस फिल्म असोज ५ गते रिलिज हुने भएको हो। हाल डबिङ कार्य भैरहेको उक्त फिल्मको फस्ट लुक्स पनि छिट्टै रिलिज हुदै छ।

सविर कै निर्माण रहेको यस फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, विशाल चाम्लिङ र रविन होड सेनको पनि अभिनय रहेको छ।