कोरोना भाइरस : सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको डब्लूएचओको चेतावनी

बीबीसी। कोरोना भाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयसलले चेतावनी दिएका छन्। उनले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको बताउँदै अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने उल्लेख गरेका छन्।

जेनेभास्थित बीबीसीमा कार्यरत पत्रकार इमोजेन फोक्सका अनुसार पहिलो केस भेटिएको ६७ दिनपछि एक लाखमा सङ्क्रमण भएको र दुई लाख पुग्न अर्को ११ दिन लागेको थियो।

तर त्यसको चार दिनमै तीन लाख पुगेको उनले गरेको रिपोर्टिङले देखाएको छ। विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस सङ्क्रमणलाई विश्वव्यापी महामारी को संज्ञा दिदैँ सचेत हुन सुझाव दिएको छ।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथी वैशाख २७ मा मतदान