आइसोलेसनमा उपचाररत एक युवकको मृत्यु,कोरोना पुष्टि रिपोर्ट आउन बाँकी

चितवन। भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ। उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो। उनको शव अस्पतालमै राखिएको छ। उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो।
उनलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी रहेको छ।

उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र पठाइएको अस्पताल स्रोतले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना महामारीबीच गङ्गा नदी किनारामा शवको थुप्रो