लकडाउन : नियम उलङ्घन गर्ने १० जना पक्राउ

चितवन। कोरोना भाइरसको सम्भावित सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको एक हप्ते लकडाउन उलङ्घन गर्ने १० जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ। नेपाल लकडाउन उल्लङ्घन गर्दै सडकमा निस्किएका १० जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको हो। 

चितवनका विभिन्न क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको बताइएको छ। सरकारको निर्देशन अवज्ञा गर्ने जो कोहीलाई पनि कारवाही गरिने चेतावनी दिएका जनाइएको छ। कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन आज बिहान ६ बजेदेखि चैत १८ गतेसम्मलाई सरकारले देशभर लक डाउन गरेको छ।

तर लकडाउनको प्रवाह नगरी मानिसहरू सडकमा निस्किन थालेपछी प्रहरीले धरपकड थालेको हो। मानिसहरू रमिता हेर्न भन्दै सडकमा निस्किरहेका छन्। प्रहरीले केहीलाई सम्झाइरहेको छ। तर अटेरी गर्नेलाई हिरासतमा लिएको हो। लकडाउनका क्रममा देशभर सडक र बजार बन्द छन्। सडकमा उत्रिएका प्रहरीको आँखा छलेर मानिसहरू सडकमा निस्किरहेका छन्।

अन्य सम्बन्धित समाचार:  सरिता र काकुलाई पनि कोरोना संक्रमण पुष्टि