लकडाउन : दुईसय भन्दा बढी मोटरसाइकल नियन्त्रणमा

तुलसीपुर। जिल्ला प्रशासन कार्यालय दाङ ले सरकारले घोषणा गरेको लक डाउन उल्लङ्घन गरेको भन्दै दुईसय भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले मङ्गलबार दिउँसोसम्म ती मोटरसाइकल नियन्त्रणमा लिएको बताइएको छ।

तुलसीपुरमा परिचय पत्रको आधारमा छिटपुट सवारी साधनलाई चल्न दिइएको भए पनि अनावश्यक सवारी चलाउनेलाई कारबाही गरिएको उनको भनाइ छ। ।

अन्य सम्बन्धित समाचार:  वरिष्ठ डाक्टर आईएल आचार्यको निधन