कोरोना आशङ्का गरिएका युवकको रिपोर्ट नेगेटिभ

नवलपरासी। पश्चिम नवलपरासीको रामग्राम १६ हकुईका एक युवकलाई अन्ततः कोरोनाको सङ्क्रमण नभएको पाइएको छ। कोरोना सङ्क्रमणको आशङ्कामा उनको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारकै समय शुक्रराज ट्रपिकल अस्पताल टेकुमा नमूना परिक्षण गर्न पठाइएको थियो।

उनको रिपोर्ट नेगेटिभ आएको पृथ्वीचन्द्र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाले जानकारी दिए।
लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल प्रर्सन डाक्टर सुर्दशन थापाले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीलाई आधार मान्दा चौधरी थरका उनलाई कडा किसिमको निमोनिया देखिएको बताईएको छ।

अहिले उनको आईसोलेसनमै राखेर उपचार भइरहेको छ। अझै चार पाँच दिन अस्पतालमै राख्नुपर्ने डाक्टर थापाले बताए।अवस्था पहिलेको तुलनामा सुधारउन्मुख रहेका बताईएको छ। गत चैत्र ३ गते उनलाई स्वास्थ्यमा समस्या देखिएपछि परासीमा रहेको पृथ्वी चन्द्र अस्पतालमा ल्याइएकोमा चेकजाँच गर्दा कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएको थियो।

अन्य सम्बन्धित समाचार:  ५ जना छात्राको हात भाँच्चिने गरी कुट्ने शिक्षिकालाई १५ दिन कैद

थप उपचारको लागि बुटवल पठाइएकोमा अस्पतालले भर्ना नलिदा बिरामीलाई काठमाडौँ ल्याएर फर्काइएको थियो। ३ दिन ढिला गरि मात्रै पुनः लुम्बिनी प्रादेशिक अस्पतालले ति युवकको भर्ना लिएको थियो। साथै कोरोना आशङ्का गरिएका थप दुई जनाको रिपोर्ट आउन बाँकी छ। सोमबारमात्रै पश्चिम नवलपरासीको बर्दघाटकै एक युवतीको रिपोर्ट नेगेटिभ आएको थियो।