अष्ट्रेलियामा नेपाली युवाको ग्याङ फाइट, एकको मृत्यु

सिड्नी। अष्ट्रेलियाको सिड्नीमा मदिरा पिएर मात्तिएका नेपाली युवाहरु बीच ग्याङ फाइट हुँदा एकजनाले ज्यानको ज्यान गएको छ। दुई पक्षबीच भएको कुटाकुटका क्रममा २३ वर्षीय युवकको ज्यान गएको हो।

गत शनिबार हर्जविलको एक पपमा मदिरा पिउने क्रममा सुरु भएको विवाद कुटाकुटमा परिणत भएको थियो। बारमा तीन तीनजनाको समूहका नेपाली युवाबीच कुटाकुट भएको थियो। त्यसपछि उनीहरूलाई सुरक्षा गार्डले निकालेका थिए।

बारबाट निस्किएर पनि झगडा नरोकिएपछि भागाभाग गर्ने क्रममा दुइजना पर्खालबाट सडकमा पछारिएका थिए। लडेर घाइते भएकालाई नजिकैको सेन्टर्ज अस्पतालमा भर्ना गरिएको थियो।

उपचारका क्रममा एकजनाको मङ्गलबार मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाले जनाएको छ। घटनामा संलग्न रहेको भन्दै प्रहरीले चारजना नेपाली युवकलाई पक्राउ गरेको छ।

अन्य सम्बन्धित समाचार:  ट्याक्सी दुर्घटना दुईको मृत्यु