युएईमा ६० वर्षमाथिका नेपालीको तथ्याङ्क सङ्कलन सुरु

काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले त्यहाँ रहेका ६० वर्षमाथिका नेपालीको तथ्याङ्क माग गरेको छ। वृद्धहरू कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको भन्दै युएईले आफ्नो देशमा भएका त्यस्ता नागरिकको तथ्याङ्क माग गरेको हो।

यूएईले आपतकालीन अवस्थालाई मध्यनजर गरेर यस्तो तथ्याङ्क खोजेको एआरएनए यूएईले जनाएको छ। वृद्धहरूको तथ्याङ्क सङ्कलनका लागि एनआरएनएले काम सुरु गरेको छ।

त्यस्ता व्यक्ति भए सम्पर्क गर्न समेत एनआरएनएले आग्रह गरेको छ। यूएईमा हालसम्म २ जनाको ज्यान गएको छ भने एक सय ५८ जनामा कोरोना सङ्क्रमित छन्।

अन्य सम्बन्धित समाचार:  नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड–थप ९०७० जनामा संक्रमण पुष्टि