कोरोना संक्रमित युवतीको स्वास्थ्यमा सुधार, संगै आएका १ सय ९८ यात्रु सम्पर्कमा आँउदै

काठमाडौं। कोराना संक्रमणका कारण उपचारमा रहेकी युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ। टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार हुँदै गरेको उनको स्वास्थ्यमा कुनै समस्या नदेखिएकाले सामान्य ढंगले उपचार भइरहेको अस्पतालका निर्देशक बासुदेव पाण्डेले नेपाली पत्रिकालाई बताए।

‘उपचार भईरहेको युवतीको अवस्था राम्रो हुदैं गएको छ। गरिएका सवै आवश्यक परिक्षणले खुसी हुने अवस्था बन्दै गएको छ।’ पाण्डेले बताए।

युवतीको उपाचार सवै अस्पतालमा हुने भन्दै किशोरीलाई आइसोलेशनमा राखेर उपचार गरिएको निर्देशक पाण्डेले बताए। आइसोलेशनको सुरुको अवधि एक हप्ताको हुने र त्यसपछि फेरि अर्को रिपोर्ट आउने अस्पतालले जनाएको छ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया किशोरीको कोरोना परीक्षणमा भाइरस पोजेटिभ देखिएपछि सरकारले उच्च सुरक्षा सर्तकता अपनाँउदै देशैभर लकडाउन गरिसकेको छ।

अन्य सम्बन्धित समाचार:  भारतमा कोरोनाबाट दुई लाख ६६ हजारको मृत्यु, दैनिक संक्रमण र मृत्युमा केही कमी

उनीसंगै चैत ४ गते कतार एयरलाइन्सको ६५२ नम्बर कलसाइन भएको विमान भएर नेपाल आएका अन्य १ सय ९८ यात्रुको अनुसन्धान भईरहेको छ।