नेपाल आइडलको प्रसारण स्थगित

काठमाडौँ। ‘नेपाल आइडल सिजन–३’ केही समयका लागि स्थगित हुने भएको छ। विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को जोखिम न्यूनिकरणलाई ध्यान दिँदै नेपाल आइडल केही समय प्रसारण नहुने भएको हो।

सरकारले गरेको लकडाउनलाई सहयोग गर्दै अवस्था सामान्य नहुन्जेलसम्मका लागि रोकिएको छ। यो बिहीबारको शृङ्खलामा भने निर्णायकको केही सन्देश र प्रतिस्पर्धीलाई शुभकामना दिइने छ। त्यस पछि अवस्था सामान्य नभएसम्मका लागि स्थगित हुने छ। केभिन ग्लान तामाङ, प्रवीण बेडुवाल, नेसन पुन मगर  र सज्जा चौलागाईं उत्कृष्ट चारमा प्रवेश गरिसकेका छन्।

गत हप्ता उत्कृष्ट दशबाट बाहिरिएका प्रतिस्पर्धीले वाइल्ड कार्ड इन्ट्रीका लागि प्रतिस्पर्धा गरेका थिए। वाइल्ड कार्ड इन्ट्रीका लागि मेघा श्रेष्ठ, किरण भुजेल, ममता गुरुङ, रचना रिमाल र मिङ्मा लामाले आआफ्नो प्रस्तुती दिएका थिए। वाइल्ड कार्ड इन्ट्रीबाट एक जना पुनः प्रवेश गरेपछि  पाँच जनाबीच प्रतिस्पर्धा हुने छ।

अन्य सम्बन्धित समाचार:  एकै दिनमा ९३०५ जनामा संक्रमण पुष्टि, १६८ मृतक थपिए

नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यु वज्राचार्य, कालीप्रसाद बासकोटा र इन्दिरा जोशी निर्णायक छन्।