‘टोकियो ओलम्पिक’ अर्को वर्ष हुने

 काठमाडौँ। चौतर्फी दबावपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले चार महिनापछि जापानको टोकियोमा हुने तय भएको विश्व खेलकुदको कुम्भमेला ‘टोकियो ओलम्पिक’ एक वर्ष पछिको लागि स्थगित गर्ने भएको छ।  

आइओसीले आज विज्ञप्ति जारी गर्दै ओलम्पिक अर्को वर्षको समरमा सर्ने जनाएको छ। विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासको दौरान बीच ओलम्पिक सरेको हो। यसअघि जापान ओलम्पिक कमिटी र आइओसीले तोकिएका समयमा नै ओलम्पिक आयोजना गर्ने निर्णयमा अडिग रहे पनि चौतर्फी दबावपछि आइओसीले निर्णय परिवर्तन गर्दै ओलम्पिक एक वर्ष पछि सार्न सहमत भएको हो।

अब ओलम्पिक अर्को वर्षको समरमा हुनेछ। अर्को वर्षको लागि मिति भने तोकिएको छैन। टोकियो ओलम्पिक जुलाई २४ देखि अगष्ट ९ सम्म हुने तालिका थियो।  

यसअघि कोरोना भाइरसकै कारण युरोपियन फुटबल एसोसिएसन  (युइएफए) ले आगामी जुनलाई तय भएको युरोकप र दक्षिण अमेरिकी फुटबल एसोसिएसन (कोन्काफ) ले कोपा अमेरिका कप एक वर्षको लागि स्थगित गरेको थियो। 

 

अन्य सम्बन्धित समाचार:  भारतमा घट्न थाले कोरोना संक्रमित, मृत्युदर भने बढ्दैं