लकडाउन उल्लंघन गर्ने ६८ जना पक्राउ,१५ सय सवारीसाधन नियन्त्रणमा

काठमाडौँ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ६८ जना पक्राउ परेका छन्।

सम्झाई बुझाई गर्दा समेत अटेर गरी लकडाउन उल्लंघन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, सिरहाबाट २ जना, कञ्चनपुर २ जना र धनुषाबाट १ जना गरी २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

लकडाउन उल्लंघन गरी सञ्चालन गरेका १ हजार ५ सय ७१ सवारी साधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

अन्य सम्बन्धित समाचार:  पूर्वमन्त्री पहाडीको कोरोनाबाट मृत्यु