कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

काठमाडौँ। अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ।

न्युयोर्कमा बसोबास गर्दै आएका ५० वर्षीय नेपाली अनिल लिम्बूको मृत्यु भएको हो। विगत १५ वर्षदेखि अमेरिकामा बस्दै आएका लिम्बूको मंगलबार निधन भएको जनाइएको छ। उनी पाँचथर रानीगाँउ निवासी भएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोनाबाट सप्तरीका शिक्षकको मृत्यु