आज राती (मार्च २४) १२ बजे देखी पुरा भारत लकडाउन – ३ हप्ता सम्म भारतभर कर्फ्यु

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको सन्दर्भमा दोस्रो पटक राष्ट्रका नाममा संवोधन गरेका छन्। मोदीले मंगलबार राति १२ बजेदेखि भारतभर सम्पूर्ण देशमा लकडाउनको घोषणा गरेका छन्। उनले घरबाट बाहिर निस्किन पूर्णरुपले निषेध लगाएका छन्।भारतमा तीन हप्ता (२१ दिन) को लकडाउन लगाइएको हो। मोदीले यो कर्फयुजस्तै भएको भन्दै सचेत रहन आग्रह गरेका हुन्।

मोदीले घरमै रहेर मात्रै कोरोनाबाट बच्न सकिने भन्दै सबैलाई घरमै रहन आग्रह गरेका छन्। कोही सडकमा ननिक्लनु भएको भन्दै घरमा रहन मोदीले आग्रह गरेका हुन्। मोदीले गत मार्च १९ तारिखमा पहिलो संवोधन गरेका थिए। १९ मार्चको संवोधनमा उनले ‘जनता क्रफ्यु लगाएका थिए। उनले उक्त कदमको प्रंशंसा गर्दै अब पनि एकवद्ध भएर कोरोनालाई परास्त गर्नुपर्ने बताएका छन्।

अन्य सम्बन्धित समाचार:  आकसिमक उडानका लागि काठमाडौंबाहेक ४ बिमानस्थललाई अनुमति

संकट आउँदा आफूहरुले मिलेर काम गरेको मोदीले बताएका छन्। उनले कोरोनाबाट बच्न सोसियल डिस्टेन्सिङ र आफ्नो घरमै बस्नुपर्नेमा आग्रह गरेका छन्। लापरवाही जारी रहे भारतलाई यसको ठूलो मुल्य चुकाउनु पर्ने भन्दै चेतावनी दिएका छन्। यसको मुल्य कति होला भनी अनुमान समेत गर्न नसकिने बताए।

लकडाउनबाट पर्न जाने क्षेती सबै मिलेर उठाउनु पर्ने बताएका छन्। लकडाउन ३ हप्ता सम्म जारी रहनेछ।

सम्बोधनको पुरा भिडियो।