बुधबारबाट दिनभर खाद्यान्न पसल खुल्ने

काठमाडौँ। सरकारले बुधबारबाट दिनभर खाद्यान्न पसल सञ्चालन गर्न दिने भएको छ। यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा भिड बढेपछि दिनभर पसल खोल्न दिइने भएको हो। महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार अत्यावश्यक खाद्य वस्तु राखिएका पसल बुधबारबाट दिउँसो खोल्न  दिने भएको छ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले गरेको निर्णयमा खाद्यान्नसम्बन्धी सामग्री कुन समयमा बिक्री गर्न पाइने भन्ने विषयमा व्याख्या गरिएको थिएन। जसकारण सर्वसाधारण र पसल सञ्चालकमा अन्यौलता सिर्जना भएको थियो।

गृह मन्त्रालयका सह सचिव केदारनाथ शर्माले पनि विज्ञप्ति जारी गर्दै स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत लगायत कारोबार गर्ने पसलहरू बन्द नहुने बताउँदै सदा झैँ सञ्चालक गर्न अनुरोध गरेका छन्। ।

अन्य सम्बन्धित समाचार:  अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ