दुबईबाट फर्किएका एक व्यक्तिमा कोरोनाको आशङ्का

जनकपुरधाम। हालै दुबईबाट फर्किएका सिराहाका एक व्यक्तिलाई कोरोना सङ्क्रमणको आशङ्का गरिएको छ। रुघाखोकी र ज्वरो आएपछि ४० वर्षीया ती व्यक्ति कोरोनाको आशङ्कामा जचाउन मङ्गलबार प्रादेश अस्पताल जनकपुरधाम पुगेका थिए।

तर, प्रादेशिक अस्पतालले उनलाई काठमाडौँ पठाएको छ। ती व्यक्तिसँगै आएका एक व्यक्तिले उनी कोरोना सङ्क्रमित रहेको बताएपछि जाँचका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल पठाइएको प्रादेशिक अस्पतालले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या